Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पढेको कुरा लामो समय सम्म कसरी याद गर्ने

के तपाईं लामो पढेको कुरा लामो समयसम्म सम्झिन चाहानुहुन्छ ? कल्पना गर्नुहोस् त ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुई पटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन्, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ? किन कोही सबै विषयमा फेल हुन्छन् त, कोही विशिष्ट श्रेणीमा उत्तिर्ण हुन्छन् ? यी सबै जान्ने हामीमा कौतुहल हुनु स्वाभाविक छ । एकछिन यहाँ हामी स्मरणशक्तिको सञ्चयप्रक्रिया, मजबुत बनाउने तरिका एवं हाम्रो मस्तिष्कको संरचनामाथि केही प्रकाश पार्ने कोशिश गरौं ।


जन्मेदेखि नै हाम्रो मस्तिष्कको बढ्ने क्रम जारी हुन्छ । बच्चाबच्चीको एकवर्षे कालसम्म छातीको परिधिभन्दा टाउकाको परिधि तीन सेन्टिमिटरले ज्यादा हुन्छ । बच्चाबच्ची जन्मिँदा टाउकाको परिधि ३५ से.मी., तीन महिनामा ४० से.मी., सात वर्षमा ५० से.मी. एवं १२ वर्षमा ५२ से.मी. हुन्छ । टाउकाको परिधि बढ्नु भनेको मस्तिष्कको कोषको संख्यामा पनि बृद्धि हुनु हो । गर्भावस्थाको अन्तिम महिनाहरु एवं जन्मेको शुरुका महिनाहरुमा बच्चाबच्चीको मस्तिष्क द्रूत गतिमा वृद्धिहुन्छ । बच्चाबच्ची जन्मँदा उसको मस्तिष्कको तौल एक वयस्ककोभन्दा जम्मा ७० प्रतिशत जति मात्र रहेको हुन्छ । तर दुई वर्षमा नै त्यो झण्डै ९० प्रतिशत पुगिहाल्छ ।

मस्तिष्कमा सबैभन्दा बाहिरको भाग सेरिब्रम कोर्टेक्स खाल्डा–खुल्डी परेको हुन्छ । सेरिब्रम कोर्टेक्सको ग्रे म्याटर(Grey Matter) अर्थात् खैरो भागले नै हाम्रो बुद्धिमताको पहिचान दिन्छ ।

मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । एक मध्यम दिमागमा झण्डै १५ सय करोड अर्थात् १५ अरव न्यूरोन हुन्छन् । न्यूरोनको बीचमा न्यूक्लियस हुन्छ भने वरिपरि हाँगारुपी डेन्ड्राइटहरु हुन्छन् । डेन्ड्राइटहरुले एक न्यूरोनलाई अन्य न्यूरोनसँग मेल गराएको हुन्छ र अध्ययनले के प्रमाणित गरेको छ भने यही पारस्परिकमिलाप नै मानिसको सिक्ने प्रक्रिया एवं स्मरणको आधार हो । टेलिफोनको तारभन्दा कैयौ प्रक्रियाहरुको खोज एवं अनुसन्धान जारी नै छ । हजारौं गुणा बढी यी न्यूरोन एक अर्कामा जोडिएका हुन्छन् । मस्तिष्कभित्रका यस्ता मस्तिष्कका देब्रे एवं दाहिने भागका काम फरक-फरक छन् । सन् १९६० मा एक चिकित्सकले छिनछिनमा बेहोश हुने व्यक्तिको ‘कर्पोस क्यालोजम’ निकालिदिए । डाक्टर रोजर स्पेरी नामक अर्का चिकित्सकले ती व्यक्तिको अध्ययन गर्दा उनका देब्रेएवं दाहिने दिमागले सोच्ने र गर्ने काम फरक पाए । यस कार्यको निम्ति डा. रोजर आज पनि जारी छन् । किनकि मस्तिष्कले गर्दा नै मानिस सर्वश्रेष्ठ प्राणी भएको छ र ऊस्पेरी संसारकै सम्मानित नोबेल पुरस्कारबाट पुरस्कृत भए । यस्ता अध्ययन कार्यहरु सिक्न सदा भोको भइरहेको हुन्छ । यो नै उसको सफलताको गोप्य सूत्र हो । मानिसको देब्रे भाग तर्कशील (logical) हुन्छ । यसले बोली, शब्द र भाषा नियन्त्रण गर्छ । त्यस्तैगरी यसले क्रमसँगै एकएक गरी सोच्न सक्छ । दायाँ भाग भने सृजनशील (creative) भाग हो । यसले रङ्ग चिन्छ एवं चित्रबारे सोच्न सक्छ, सुमधुर संगीत सञ्चित गर्न सक्छ । देब्रे मस्तिष्कले शरीरको दाहिने भागलाई नियन्त्रण गर्छ भने दाहिने भागले देब्रेभागलाई । वैज्ञानिकहरुका अनुसार बच्चाकालमा हामीले मस्तिष्कको दुवै भागको प्रयोग गरेका हुन्छौं । तर युवावस्थातिर हामीले दायाँ भागको कम प्रयोग गरेका हुन्छौं, किनकि सबै मान्छे चित्र बनाउने वा संगीत सुन्ने प्रवृत्तिका हुँदैनन् । चित्र बेगर टिपोट टिप्ने हाम्रो बानी एवं सिधा रेखामा किताबी शैलीलेलेख्ने बानी बोदो दिमाग हुने एक प्रमुख कारण हो भनी वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । त्यस्तै जान्दै नजानी, बुझ्दै नबुझी ‘सुगा रटन्ते’ पढाइले जाँचमा सफल (पास) गराए पनि अन्तत्वगत्वा अभिशाप नै हुने कुरा सबैले जानिसकेका छौं ।

अब पढेका कुरा कसरी बुझ्ने एवं सम्झना गर्ने भन्नेबारे केही कुरा गरौं । स्मरणक्रिया न्यूरोनको ‘सिनाप्टिक’ सञ्चार माध्यमबाट हुन्छ । न्यूरोनको कार्य सूचना सञ्चार गर्ने हो । मस्तिष्कमा एक कोषबाट अर्को कोषमानिरन्तर सूचना प्रवाह भइरहेको हुन्छ । त्यहाँ नयाँ बाटाहरुबाट सूचना लेनदेन भइरहेको हुन्छ । एकपटक प्रवाह भएको बाटोलाई बारम्बार सोचेर, प्रयोग गरेर मजबुत बनाउनुपर्छ र अनि मात्र उक्त बाटोमा प्रवाह भएको कुरा सदा सम्झना भइरहन सक्छ । त्यसैले कुनै पनि कुरा जतिपटक सोच्यो, उति सम्झना हुन्छ ।

स्मरणशक्ति कति किसिमका हुन्छन् ?

क) छोटो अवधिको स्मरणशक्ति (Short-term memory) : यो स्मरण प्रक्रिया केवल केही सेकेन्ड वा मिनेटसम्म मात्र हुन्छ, अनि भुलिन्छ । जस्तै कुनै गाडीको नम्बर, भीडमा देखिएका मान्छे, कसैको फोन नम्बर आदि देखिन्जेल मात्र थाहा हुन्छ । एकछिन पछाडि ती सबै भुलिन्छन् ।

ख) मध्यम अवधिको स्मरणशक्ति (Intermediate-term memory) :

कुनै कुराको सम्झना केही दिन वा हप्तासम्म हुनसक्छ तर पुनः नदोहोराएमा बिर्सिन्छ । हामीले पत्रिका पढ्दा वा समाचार सुन्दा कतिपय कुरा भुलिसकेका हुन्छौं । यो यस अन्तर्गत पर्छ ।

ग) उच्च स्तरको स्मरणशक्ति (Long-term memory) :

मान्छेले खूब इख लिएर गरेका कुरा एवं दत्तचित्त दिएर गरेका कामहरु वर्षौंसम्म पनि ताजा नै रहन सक्छन् । वास्तवमा भन्ने हो भने विभिन्न प्रक्रियाबाट स्मरणशक्ति सञ्चित हुन्छन् । सेरोटोनिन, याडेनाइलसाइक्लेज, साइक्लिक याडेनोसाइड मोनोफोस्फेट, प्रोटिन काइनेज, पोटासियम, क्याल्सियम जस्ता तत्वहरु स्मरणशक्ति बढाउन नभई हुँदैन । वैज्ञानिक वाइर्न एवं उनका साथीहरुले प्रयोगशालामा शंखेकीरामाथि गरेको अध्ययनले पनि स्मरण हुने प्रक्रियामा एक नयाँ उचाइ थपेको छ ।

छोटो स्मरणशक्ति बढाउने तरिका

छोटो अवधिको स्मरणशक्तिलाई लामो समयसम्म सञ्चित गर्न न्यूरोनको सिन्याप्स प्रक्रियामा परिवर्तन ल्याइनुपर्छ । रासायनिक एवं भौतिक संरचनामा फरकपनल्याइनुपर्छ । न्यूरोन एक अर्कामा सम्पर्क हुदाँ सिन्याप्स बन्दछ । सूचनालाई गर्नैपर्छ । कहिले चित्र कोरेर, कहिले सूत्र बनाएर वा कहिले नौलो काल्पनिक वस्तु रचेर उक्त कुरालाई मध्यमस्तरीय स्मरण गर्न कम्तीमा ५–१० मिनेटसम्म त्यो कुरालाई विभिन्न रुपबाट मनन मनभित्र खेलाउँदै मत्थर बनाउनुपर्छ । हामीमा कुनै नयाँ सम्झनालाई दिमागमा त्यसै जथाभावी नराखी पहिलेका सम्झनाहरुसँग सम्बन्धित गराएर सञ्चित भएको हुन्छ ।

स्मरण गर्ने भाग

मस्तिष्कको हिप्पोक्याम्पस (hippo-campus) भागले स्मरण बढाउन वा सूचना सञ्चित गर्न सहयोग गर्छ वैज्ञानिकहरु भन्छन्, हिप्पोक्याम्पस र यसको डाएन्सिफेलोनसँग जोडिएको भागको साथै कर्पोस स्ट्राएटम भाग स्मरण संचय गर्ने प्रमुख भाग हुन् । एमिग्डला (amygdala) एवं अन्य भागको भूमिका पनि अपरिहार्य छ । प्रोटिनबाट बन्ने डिएनए (DNA) एवं आरएनए (RNA)ले सम्झना बढाउन सहयोग गर्छन् ।

स्मरण कम हुने रोग

‘अल्जिमर’ रोगमा सम्झना शक्तिको प्रचुर ह्रास भएको हुन्छ । यस्तो हुनुको कारण यसमा कोलिनर्जिक न्यूरोनको ह्रास हुनु हो । बुढेसकालमा पहिलेका कुराहरु सम्झना हुन्छन् । तर तत्कालिन नयाँ कुरा चाहिँ चाँडै नै भुलिन्छ, यसलाई ‘रेट्रोग्रेड याम्नेसिया’ भनिन्छ । कुनै पनि औषधि हालसम्म स्मरण बढाउनको लागि सक्षम छैनन् । मान्छे जब बुढो हुन्छ, उसको सम्झना केवल उसको क्षेत्रका कुराहरुसँग मात्र हुन्छ । नयाँ कुराहरु एकदमै कम मात्रसम्झन सक्छ । जस्तै एउटा प्राध्यापकले आफ्नो पढाइका कुराहरु बिर्सेका हुँदैनन् । तर नयाँ मान्छेको नाम, टेलिफोन नम्बर एवं दैनिक कार्य सबै बिर्सन सक्छन् ।

विद्यार्थीहरुले स्मरण शक्ति बढाउने तरिका

आफूले गरेको काममा प्रथम भई नाम, दाम कमाउन कसलाई रहर हुँदैन र ? स्मरण शक्ति एकैछिन, एकै दिनमा कहिल्यै बढाउन सकिन्न । यसको लागि निरन्तर मिहिनेत एवं परिश्रम गरिराख्नु पर्छ । काम गर्ने शैली परिवर्तन गर्नुपर्छ एवं कुनै पनि काम भित्री मनबाट नै इख लिएर गर्नुपर्छ । भनिन्छविष नभएको सर्प र इख नभएको मान्छेको काम छैन रे ! विद्यार्थी वर्गलाई त स्मरण शक्तिमा कमी हुदाँ आपत पर्न सक्छ, परिक्षामा असफल हुने डर हुन्छ । आउनुहोस् हामी यहाँ स्मरणशक्ति बढाउने केही तरीकाहरुका बारे चर्चा चलाऔं ।


स्मरणशक्ति बढाउन निकै छिटो मनमनै पढ्नुपर्छ । छिटो पढ्नु एवं पुरै वाक्य नपढी महत्वपूर्ण शब्द छान्दै पढ्नु निकै महत्वपूर्ण कुरा हो। छिटो पढ्दा थोरै समयमा धेरै पढ्न सकिन्छ । छिटो पढ्ने व्यक्ति छरिता र चलाख हुन्छन् । पढ्दा कुनै पनि पढिसकेका कुरालाई जीवनमा घटेका रमाइला, निराशा वा मनछुने घटनासँग दाँज्दै, सम्बन्ध गाँस्दै पढ्नुपर्छ । सम्झना दह्रो पार्न बारम्बार पढेका कुराहरु दोहोर्याउनुपर्छ । अध्ययनले देखाएको छ– एकपटक पढेका कुरा एक दिनपछि जम्मा अठार प्रतिशत मात्र सम्झिन्छ, एक महिनापछि जम्मा पाँच प्रतिशत मात्र याद हुन्छ, त्यसैले दैनिक दोहोर्याउनु उत्तम हो । दैनिक कसरत गरी स्वस्थ रहनु एवं सन्तुलित भोजन विशेषतः प्रोटिन, भिटामिन आदि खानुले पनि स्मरणशक्ति बढाउन भिटामिन ‘सी’ पनि यसको लागि लाभदायक हुने विज्ञहरु बताउँछन् । चित्र वा शब्दचित्र बनाएर पढ्नु निकै उत्तम मानिन्छ । परम्परागत लामा रेखाका नोट बनाउने तरीकाले समय नोक्सान हुने भएकोले त्यसलाई त्यति राम्रो तरीका मानिन्न । किताबमा वा नोटमा पनि धेरै र कम महत्वपूर्ण कुरालाई चिन्ह लगाएर पढ्नुपर्छ । पढेका कुरालाई किताबै नहेरी चित्र (mind map) बनाउँदै नोट तयार गर्नु राम्रो हो ।

विद्यार्थीहरुले जाँचको बेलामा पढाइबाहेक अन्य अनावश्यक कुरामा ध्यान दिनैहुन्न । त्यस समयमा आफूलाई काम नलाग्ने कुराहरुबाट परराखेर पढाइका टिपोटहरु पटकपटक दोहोर्याइरहनु पर्छ । पहिलेका प्रश्नपत्रलाई सीमित समयावधिभित्र हल गर्नुपर्छ र आफ्ना गल्ती दक्ष व्यक्तिबाट पत्ता लगाइनुपर्छ । आफूमा सदा ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्मविश्वास राखिराख्नुपर्छ । कल्पना गरेर सोच्ने शक्तिमा विकास गर्नुपर्छ । सूत्र बनाई पढ्नुपर्छ । रङ, चित्र एवं इन्द्रीय शक्ति, संख्या दैनिक कुरासँग कुनै कुरा जोड्दा कतिपयमा लाभदायक पनि हुनसक्छ । जे होस्, दत्तचित्त दिएर बारम्बार पढेमा वा तार्किक, भई अध्ययन गरे सबैलाई फाइदा नै हुन्छ । स्मरण शक्ति बढ्न सक्छ । सबैको सोच हुन्छ थोरै काम गरेर धेरै प्रतिफल आर्जन गर्ने । तर भनेजस्तो सबैलाई नभएको हुनसक्छ । पढाइमा पनि त्यही हो । एक पटक पढेको कुरा कसरी बारम्बार सम्झने भन्ने कुराले ठूलो महत्व राख्छ । जति पढे पनि परीक्षाका बेला खाली दिमाग हुने समस्याले तपाईं पीडित बन्नु भएको छ भने तपाईंका लागि केही उपाय छन् । ति अपनाउन जरुरी छ । अध्ययन शैलीलाई परिवर्तन गरी कलात्मक ढंगले पढ्न थाल्नुभयो भने लामो समयसम्म तपाईले सम्झन सक्नुहुन्छ । घोकेको कुरा लामो समयसम्म दिमागमा बस्दैन । एकघन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्दा राम्रो मानिन्छ । राति अक्सिजन कम हुँदै जाने भएकाकारण पढेको सम्झन गाह्रो हुन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्मका लागि पढ्न उपयुक्त समय भएको मानिन्छ । पढ्ने उत्तम समय हो । पढ्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन अनि ढाड सीधा गरेर पढ्नु पर्छ । तपाईंले पढेको कुरा सम्झना गर्न निम्न विधि अपनाउन जरुरी छ । महत्वको कुरा पहिचान गर्ने यो सबैभन्दा उपयुक्त बानी हो । महत्वपूर्ण कुरा पहिचान गरी त्यसलाई अन्डरलाइन गरेर पढ्ने गर्नुपर्छ । कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्‍याउँदा सम्झन सजिलो हुन्छ ।

नोट आफैँ बनाउने :आफूले पढेको कुरा आफै नोट बनाउनुपर्छ । जसले गर्दा नोट हेर्दा पनि पहिलेको कुरा दोहोरिन्छ । धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

लेखेर पढ्नु उत्तम : पढेको कुरा सम्झनका लागि लेखेर पढ्नु राम्रो हो । एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

सारांश बनाएर पढ्ने : कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ।

महत्त्वपूर्ण कुरा मनन गर्ने : पढ्ने लेख्ने र सोही कुरा मनन गर्न सके हत्तपत्त बिर्सिदैन । त्यसमा पनि महत्वपूर्ण कुरा सम्झनामा आए धेरै सजिलो हुन्छ । महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ ।

सैद्दान्तिक भन्दा प्रयोगात्मक उपयोगि: पढ्ने प्रणालीलाई व्यवहारिक र प्रयोगात्मक बनाएर पढ्नुपर्छ । पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । नेपालीको विद्यार्थीले कथा, कविता लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।


धेरै प्रश्न गर्ने बानी गर्ने : पढेको कुरालाई धेरै प्रश्न उत्तर गर्दा पछिसम्म सम्झन सकिन्छ । साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न । सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

सहकर्मी र साथीसँग धेरै छलफल : छलफल सम्झनका लागि धेरै उपयोगि अध्ययन विधि हो । पढ्दा पढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु राम्रो हो ।समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक-फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन् ।

समय व्यवस्थापन : उचित समय निकालेर अध्ययन गर्नु पर्छ । ताकि तपाईलाई २४ सै घन्टा पढाइको चिन्ता नहोस ।पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ । तालिका बनाएर पढ्ने पढेका कुरालाई तपाईले आफू अनुकुल व्याख्या हुने गरी तालिका बनाउन सक्नुहुन्छ । यसले तपाईको सिर्जनात्मकता पनि झल्कन्छ अनि सम्झने शक्ति पनि बढ्छ । धेरै विद्यार्थीको साझा समस्या हुन्छ, पढेको कुरा सम्झन नसक्ने तथा चाँडै बिर्सने । उनीहरूको सधैँ उस्तै गुनासो हुन्छ, जति पढे पनि याद नै हुँदैन । साइकोलोजिस्ट मार्गरेट डब्लू माटलिनका अनुसार स्मरण शक्ति भनेको ‘समयकोअन्तरालसँगै सूचनाहरूलाई संरक्षण गरिराख्नु हो ।’ सूचनाहरूलाई लामो समयसम्म

शर्माका सुझाब यस्ता छन् : संरक्षण गर्ने पनि विधि हुन्छन् । स्मरण शक्ति बलियो बनाउने केही तरिकाबारे अर्पण अब हामी सबैभन्दा सरल र सुरुवाती तरिका सिक्नेछौँ । यसलाई कथा विधि भनिन्छ । यो उपाय सिक्नुभन्दा पहिला एउटा प्रयोग गरौँ । तल लेखिएका ३० वटा शब्द ६ मिनेटमा जस्ताको त्यस्तै याद गर्ने कोसिस गरौँ । अब याद गर्ने सजिलो तरिका सिकौँ । त्यसपछि तपाईंलाई ती ३० वटा शब्द जस्ताको तस्तै याद आउँछन्, अगाडि पछाडि दुवैतिरबाट । एक नम्बरको शब्द सुन्तला हो । यसका लागि एउटा सुन्तला कल्पना गर्नुस् । त्यो सुन्तला कत्रो छ ? कस्तो छ ? सबै कल्पना गर्न सकिन्छ । यसरी कल्पना गर्दा वा मानसिक चित्र बनाउँदा सबै कुरामा ध्यान दिनुपर्छ । भरसक पाँचवटै इन्द्रियको प्रयोग गर्दा स्मरण शक्ति बलियो हुन्छ । कल्पनामा डुबेर आँखाले सुन्तलाको रङ हेर्नुहोस्, मुखले एकपल्ट सुन्तला भन्ने, त्यो सुन्तला तपाईंले खानुभयो भने कस्तो स्वाद हुन्छ, अनुभव गर्नुहोस् । कानले सुन्तला भनेको आवाज सुन्नुहोस् र नाकले सुन्तलाको गन्ध थाहा पाउने कोसिस गर्नुहोस् । त्यस्तै, छालाले कल्पनामै सुन्तलालाई छोएर अनुभव गर्नुहोस् । पाँचवटै इन्द्रियको प्रयोग गर्नुभयो ? अब दोस्रो नम्बरमा चरा छ । यसलाई पनि त्यसै गरी कल्पना गरौँ । अब त्यो सुन्तलालाई चराले खाँदै गरेको कल्पना गर्नुहोस् । यसरी नै कथा बनाउन थाल्नुहोस् । दिइएका शब्दबारे दिमागमा चलचित्र नै बनाउनुहोस्। यो चलचित्र हिट बनाउने कि फ्लप, आफ्नै हातमा छ । हिट हुनु भनेको सबै कुरा सम्झिनु हो । अब सुन्तला खाँदै गरेको चराले गाडी (तीन नम्बर) कुदाउँदै गरेको कल्पना गर्नुहोस् । त्यसपछि चराले गाडी कुदाउँदै गर्दा एउटा हात्ती(४ नम्बर) अगाडि आएको र त्यो हात्तीले साइकल (५ नम्बर) कुदाउँदै गरेको कल्पना गर्नुहोस् । याद राख्नुस्, कल्पना गर्दा जति हाँसउठ्दो र आश्चर्यजनक बनाउनुहुन्छ, त्यति नै याद गर्न सजिलो हुन्छ । अब साइकल कुदाउँदै त्यो हात्ती हस्पिटल (६ नम्बर) गएको कल्पना गर्नुहोस् । जहाँ उसको साथी (७ नम्बर) भर्ना भएको छ । यो सबै कल्पना गर्दै जानुस्, एउटा हाँसउठ्दो र रमाइलो कथा बनाउँदै जानुहोस् । यसरी ३० वटै शब्दलाई सृजनात्मक तरिकाले चित्र बनाउँदै जानुहोस् । सकियो ? अब त्यो पूरै कहानी एकपल्ट आँखा चिम्लेर फेरि कल्पना गर्नुहोस् । अब एउटा कागजमा ती ३० वटा शब्द लेख्ने प्रयास गर्नुहोस् । कतिवटा लेख्न सक्नुभयो ? राम्ररी कल्पना गर्नुभएको थियो भने ३० वटै जस्ताको तस्तै लेख्न सक्नुहुन्छ । नसके पनि २०, २५ वटा त पक्कै पनि सकिन्छ । त्यो पनि क्रमबद्ध रूपमा । कति सजिलो रहेछ है याद गर्न । अबदेखि कुनै पनिकुरा याद गर्दा त्यसलाई चित्र या कथामा परिणत गर्नुभयो भने बिर्सिने समस्या हुँदैन । 

१. सुन्तला २. चरा ३. गाडी ४. हात्ती ५. साइकल ६. हस्पिटल ७. साथी ८.रुमाल ९. बुबा १०. पत्रिका ११. सोफा १२. पंखा १३. कम्प्युटर १४. आगो १५. बन्दुक १६. चम्चा १७. कापी १८. ढोका १९. पात्रो २०. हिरो २१. घडी २२. फलफूल २३. पैसा २४. गाग्रो २५. सर्प २६. छिमेकी २७. डोरी २८. फलाम २९. पसिना ३०. पुलिस

Post a comment

0 Comments